अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखि सुरु भएको महोत्सवको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको उपस्थितिमा समापन गरिएको हो ।
समापन कार्यक्रममा विभीन्न संघ सँस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । यस अघिका बर्ष महोत्सव सञ्चालन गर्ने अवधि थपिदैैँ आएको थियो । यस पाली भने प्रतिकुल मौसम र टिकट ठेली विवादले गर्दा समय नथपिएको बुझिएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि, कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा देखिएको नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्ने बताए । आइतबार महोत्सवको समापन समारोहमा बोल्दै मेयर भट्टले टिकट प्रकरणको छानबिन गरी गल्ती अगाडि ल्याउनुपर्ने बताएका हुन ।
सम्बन्धित पाेस्टहरु