धनगढीमा चैतन्य स्टिम वर्कसप कार्यक्रम सुरु

धनगढी, १६ माघ : धनगढी उपमहानगरपालिका–५ शिवनगरमा चैतन्य स्टिम वर्कसप कार्यक्रम सुरु भएको छ । वर्कसपको मंगलबार सुदूरपश्चिम प्रदेशका । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री .रमेशसिंह धामीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री धामीले सरकाले शिक्षामा केही नयाँ आइयाम गरेमा चैतन्य पाठशालाबाट सहकार्य गरेर जाने प्रतिबद्धाता गरे । उनले हरेक स्कुलहरुले चैतन्यलाइ आत्मशात गदै गएमा पक्कै पनि सिंगो देशको शिक्षामा नयाँ आइएमी, मुहार फेरिने विश्वास व्यक्तगरे । कार्यक्रमका विशिष्ट अथिति ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्टले चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी सबैको प्रेरणादायीक व्यक्ती भएको र उहाँबाट हामीले मात्र नभएर सम्पूर्ण शिक्षामा रहेका हरेक व्यक्तिले आत्मसात गदै अगाडि बढ्न आवश्यक रहेको औल्याए ।
विद्यार्थीको विकास गर्ने स्टिम कार्यक्रम बाल्यअवस्था देखि सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा छ । अहिले विज्ञानको क्षेत्रमा, इन्जिनियरिङ्ग, प्रविधि तथा गणितको क्षेत्र गरी ४ विद्यामा स्टिम करिकुलम लागु गरिएको छ । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा भएको हो ।
स्टिम कार्यक्रम यहि माघ २२ गतेसम्म सञ्चालन हुनेछ । विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सृर्जना गर्ने गरी कार्यक्रम आयोजना गरिएको चैतन्य पाठशालामा चैतन्य स्टिम वर्कसपले जनाएको छ ।
वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्करुपमा सहभागी गराइने र प्रशिक्षकको रुपमा युवा वैज्ञानिक र अन्वेषणहरुको समुह रहने आयोजक चैतन्य पाठशालाले जनाएको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई वाल्यकाल देखिनै सम्बन्धित क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उदेश्य रहेको छ । एउटा बालक आफ्नो समाज घर परिवारमा भविष्यमा कस्तो बन्दै छ ? आफ्ना छोरा, छोरी भोलिका दिनमा के बनाउने, मैले समाजको लागि के गर्ने सक्छु ? भन्ने बारेमा हरेक समामजमा बस्ने मानिसमा चिन्तनहुन सकेमात्र हाम्रो समाज राम्रो, असल, भविश्यको वैज्ञानिक, नेता, डाक्टर इन्जिनीयर, पाइलट, शिक्षक, पत्रकार, असल व्यक्ती हन सक्ने पाठशालाका सिइओ गणेशप्रसाद जोशीले बताए । विभिन्न ११ ओटा विद्यामा एकहप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपूर्ण आर्कषणको रुपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना रहेको उनले बताए ।
यस्तै कार्यक्रमका आकर्षणका रुपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादू, रोमाञ्चक पुरस्कार संग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी (टेलिस्कोप, थ्रीडी प्रिन्टर, रकेट) रहले जनाइएको छ । विद्यार्थीहरुलाई भावी वैज्ञानिकको रुपमा विकसित गर्न चैतन्य पाठशालाले बर्षभरि नै उपयुक्त वातावरण र आवश्यक श्रोत साधनको व्यवस्थापन गर्ने जनाएको छ । यस्तै आवधिकरुपमा विद्यालयस्तरिय तथा अन्तर कक्षा विज्ञान, प्रविधि र अन्वेषणको क्षेत्रमा प्रदर्शनी र प्रतिस्पर्धात्मक कार्यक्रम रहने जनाएको छ । चैतन्यस्टिम वर्कसप सम्पन्नपछि त्यसबाट आर्जन गरिएको ज्ञान र सम्भावित विषयहरुमा बर्षभरी नै निरन्तर खोज अनुसन्धान र अभ्यासको काम जारी रहने जनाएको छ । यस्तै दीर्घकालिनरुपमा चैतन्य स्टिम वर्कसपले विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।
पाठशालाका सिइओ जोशीले चैतन्य पाठशाला शिक्षा संस्कारको संगम पुर्वीय दर्शनमा आधारित शिक्षण पद्धती जीवन उपयोगी शिक्षा र अहिलेको विश्वब्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेबार विद्यार्थीको निर्माणमा जुटेको बताए । विद्यार्थी कालदेखी नै उसको असल र चरित्रवान ब्यक्ती बनाउने उदेश्य रहेको बताए ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिताराम ओझा शिक्षक, अभिभावक विभिन्न शिक्षाबिद, इन्जिनीयर, पत्रकार, प्रोफेसर, विभिन्न विद्याका शिक्षा प्रेमी, बैज्ञानीक, विद्यार्थी, लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बिन्दास बमले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.