अत्तरिया, १६ माघ : कैलालीको गोदावरी नगरपालिका अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गराएको छ ।
संघका अध्यक्ष कल्याणसिंह बोहराको नेतृत्वमा जिप्रका पुगेको टोलिले मंगलबार ११ जना पदाधिकारीको हस्ताक्षरसहित संघका सचिव दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।
महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए । अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो । किटानी जाहेरी परेकाहरुले अनावश्यक आक्षेप लगाएको आरोप लगाएका छन् । यसमा राजनीति पुर्वागाही वाहेक अरु केहि नभएको बताएका छन् । ‘मेरो कुनै संलग्ता छैन् । राजनीति पुर्वागाही ढंगले किटानी जाहेर परेको छ । यसमा मेरो आपति रहेको छ’, किटानी जाहेर परेका साउँदले भने ।
सम्बन्धित पाेस्टहरु