बेलौरीको उखुबारीमा बाघ फेला परेन, वनको टोली फिर्ता

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा बाघ उखु बारिमा पसेको खबरपछि खोजी गरिरहेको वनको टोली फिर्ता आएको छ। मंगलवार दिउँसो स्थानीय अनिल चौधरीले पचुइ स्थित जगन्नाथ मन्दिर आसपासमा उखु लोड गरिरहेको बेला बाघ देखेपछी गाउमा त्रास फैलिएको थियो। सव डिभिजन वन कार्यालय पचगडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेरहेका थिए।

बाघ भएको बाघ आएको कुनै ठोस प्रमाण नभेटिएपछी वनकर्मी फिर्ता आएको सव डिभिजन बन कार्यालय पचगडिया का प्रमुख दिनेश कुमार यादवले बताए। पचुइमा गत बैशाख–९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएपछि स्थानीय बाघ पसेको खबरले त्रसित भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.