धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो । काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विधुत कटौती गरि काम सुरु गरेका थिए । तर, १५ मिनेट पछि एक्कासि विधुत सुचारु हुँदा उनी पोलबाट खसेका हुन । घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए । सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ ।