पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अत्तरिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २\२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ। अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य १९ सय १० कायम भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.