बढ्यो खाना पकाउने ग्यासको मूल्य

अत्तरिया : खाना पकाउने ग्यास उपभोक्ताको भान्छामा अब थप महंगो हुने भएको छ। नेपाल आयाल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धिसँगै ग्यास महंगिएको हो।

निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको छ। निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १९ सय १० कायम भएको छ।

अहिलेसम्म ग्यास १८९५ मा पाइन्थ्यो। यस्तै, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २र२ रुपैयाँ मूल्य बृद्धि भएको छ। अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.