नवौँ एमाले कैलाली जिल्ला अधिवेशन सुखडमा हुने, लोगो सार्वजनिक

अत्तरिया : नेकपा एमाले कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ। पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना लगायतले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेका हुन्। नवौं अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र सो अधिवेशनले २०८४ को चुनावमा कैलाली जिल्लालाई एमाले किल्ला बनाउने गरेर सन्देश दिने बताए।

पूर्व सङ्घीयमन्त्री समेत रहेका नेता ठगुन्नाले एमालेको सरकारका बेला सञ्चालिन रणनीतिक सडक, अस्पताल र औद्योगिक क्षेत्रका काम अहिलेको सरकारले रोकेको आरोप लगाए। एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले ‘पालिका, सङ्घ, प्रदेश कैलाली जिल्ला एमालेको बनाउ किल्ला’ भन्ने नाराका साथ हुन लागेको जिल्ला अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.