प्रहरीलाई छानविनमा सघाउन आफै उपस्थित भए अत्तरियाका दिपिन र भुवन

अत्तरिया : अत्तरियामा लागेको महोत्सवमा टिकट छानविनका लागि सहयोग गर्न गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिव तथा अत्तरिया उद्योग बाणिज्य संघका सचिव दिलिप कुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानविनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा आफै उपस्थित भएका हुन ।
बाणिज्य संघले पुष २६ गते देखि माघ ४ गते सम्म संचालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकेट भेटिए सँगै ब्योपारी तथा केही पदाधिकारी बिच छानबिनका लागि दबाब स्रिजना भएको थियो ।
अत्तरिया उद्योग बाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला कारागारमा छानबिनमा रहेका छन । यस्तो अबस्थामा पदमा रही रहदा पार्ट्री तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस र निश्पक्ष छानबिनका लागि स्वकिय सचिवलाई निलब्मन गरी प्रहरी प्रशासनलाई सहयोग गरेको नगरपालिका स्रोतले बताए ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.