धनगढीमा खैरो हेरोईन र चरेससहित तीन युवक पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट खैरो हेरोईन र चरेससहित तीन युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४०० मिलिग्राम चरेससहित सोही ठाँउ बस्ने २८ वर्याीय दिनेश बि क, १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका-१ घर भई हाल धनगढी उपमहानगरपालिका-१ एल एन चोक बस्ने २१ वर्षीय समिर सुनार शुक्रवार राति पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.