सुदूरपश्चिममा आजको मौसम : तराईमा बर्षा, उच्च पहाडमा हिमपात

अत्तरिया : सुदूरपश्चिममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

मौसमविद् सञ्जीव अधिकारीले रातिबाट सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढेको छ। आइतवारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने छ।
यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा आज तराईमा बर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडमा हिमपात भईरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.