कांग्रेसका नेता दुर्गम कुनाकन्दराका जनता भेट्दै

बाजुरा, २१ माघ : बाजुरा बडिमालिका नगरपालिका वडा ७ छल्पुन्नाका तुले लवारको राजनीतिक उपनाम “खंखार” हो । गाउँकाका प्रयायले उनलाई खंखार नामले नै चिन्छन् । राणा ,राजा पञ्चायत र बहुदल हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रका शासकप्रति गाउँ स्तरमा उनी बढी अनुभवी हुन् । तिनै खंखार लगायत केही कांग्रेसले शनिवार दिउँसो बडिमालिका नगरपालिकाको चुथीमा पारिलो घाम तापिरहेका थिए ।
वारीपारी हिउँको सकारो छेक्न भिरालो पाखोमा बसेका खंखार लगायत समुदायका केही मान्छे भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उप–महानगरपालिकाका पूर्व मेयर समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि नृप बड भिरालो जमिन चढ्दै नागरिक अभिमत बुझ्न पुग्छन् । खंखार, गोल ल्वार र नन्दे जैसी तिनै जना पाका नागरकिले राणा, राजा, पञ्चायत देखि अहिलेको बहुदलीय दलका नेताका क्रियाकलाप बारे औँला ठड्याएर कथा ब्यथा सुनाउनुहुन्छ । उनीहरूको अनुहारमा भोकोपेट, अभाव, समस्यामै गुज्रिएको जीवन र राजनीतिक असन्तुष्टिपन झल्किन्थ्यो ।
भेटकाक्रममा तुले लवार “खंखार” २०४६ सालताका कांग्रेसलाई भारत निकट र कम्युनिस्टलाई चिन निकट भनेको सम्झन्छन् । उत्तरी भेगमा पर्ने चिन डांडापरिको हुनाले चिनियाँको रहनसहन र आवागमन बारे आफ्नो कुनै साईनो नभएको । प्रम्परादेखि भारतकै एकसरो कपडा र नुन तेल उपभोग गरेको हुनाले नेपाली कांग्रेसलाई भोट दिएको सुनाए । देशमा कांग्रेसले सुशासन कायम गर्न नसक्दा एमाले लगायत अरुपार्टीको जन्म भएको बुझाई पनि उनको छ । एमालेले भत्ता दिन्छ भन्ने सुनेर एमालेमा पनि लागेर काम गरेको अनुभव खंखारसँग छ । पछिल्लो समयमा एमालेलाई रेक न ठेकको पार्टी जता फाइदा उतै जाने पार्टीका नामले चिन्नहुन्छ । गरिबका लागि भन्यो गरिबको नाम बेचेर एमाले नेता कार्यकर्ता आफू धनी बनेको आरोप लगाएका छन् ।
गाउँमा घर बनाउने एक टालो जग्गा अभावले एक्लै छल्पुन्ना सरेको बिस वर्ष वर्ष बित्यो एक धारो पानी जोडी देऊ भन्दा कसैले खाने पानी नदिँदा कुवाको जुनेकी पानी खान बाध्य छु भूकम्पले घर चर्केका छन् । सिफारिस गर्दा एमाले निकटका घरहरुमात्र सिफारिस गरिएको प्रति उनी आक्रोश बनेका छन् । मलाई अब दल चाहिएनन् भोको पेट भर्न काम चाहियो उनको कथन थियो ।
गरिब जनताको लागि माओवादी पार्टी आयो भनेर लागियो हजारौँ मान्छे उन्मुक्तिका नाममा सहिद भए । तर देशमा गरिबीमा कुनै परिवर्तन नआएको गुनासो गोकुले विक सुनाए । शासन व्यवस्था जति फेरिए पनि नागरिकका जीवनशैली नफेरिएको सुन कानाका नन्दे जैशीले नेतालाई सुनाए । ग्रामीण समुदायमा अशान्ति रोग भोक र अभावका स्वर गुन्जिरहेको वेला नेपाली कांग्रेस जनताको घर–घरमा पुगेर नागरिकको वास्तविक समस्या बुझेर सुझाव सङ्कलन गरेको देख्दा नेपाली कांग्रेस नागरिकको अभिभावक रहेछ भन्ने महसुस भएको छ । चुनावमा एकै कांग्रेसका दुई चिट आउँछन् कस्लाई मतदान गर्ने कांग्रेस गुंटले खाएको छ सतहमा आएको गुंटगत राजनीति अन्त्य गर्नु पर्छ अनि कांग्रेस सुध्रिन्छ पोख्राकी विमला खत्रीको भनाई छ ।
समुदायमा कांग्रेस अभियान नारा लिएर नागरिकका के कस्ता असन्तुष्टि छन् ? तिन तहका सरकार छन् जनप्रतिनिधिले के कस्ता काम गरेका छन् । सुशासनको अवस्था, नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा हार्नुका कारण र कांग्रेसले हालसम्म गरेको विकास निर्माण लगायत राजनीतिक एतिहांशिक परिवर्तनका बारे नागरिकलाई बुझाउनु समुदाय कांग्रेस अभियान सञ्चालन गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख धनराज पण्डितले बताए ।
स्थानीय तह विकासको संरचना बारे राम्ररी बुझेका र देशकै उत्कृष्ट मेयरका रूपमा पुरस्कृत भैसकेका पूर्व मेयर डवले भने यो हालतमा गाउँको विकास सम्भव छैन एक अलग प्रसङ्गमा उनले भने सबैभन्दा भयावह जिल्ला बाजुरा रहेछ । जहाँ कुल्ली काम गरी खान्छु भन्दा पनि पार्टीको सदस्य बन्नुपर्ने । पार्टीको यो दादागिरीले देश बन्दैन । शान्ति सुरक्षको प्रसङ्गमा डवले भन्नुभयो त्यस्तै एक दलले अर्कोदलाई हेर्ने दृष्टिकोण विचित्रको पाए । माघ १६ देखि २६ गते सम्म समुदायमा कांग्रेस अभियान अन्तरगत शनिवार दिउसो बडिमालिका नगरपालिकाको चुथीमा न आसन न भाषण सहित नागरिकका सुझाब सङ्कलन गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव तिलकराज पुरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.