Agni Offset Press

धनगढीमा चैतन्य स्ट्रिम वर्कसप सम्पन्न

Aarati simant

अत्तरिया, २२ माघ : धनगढीमा रहेको चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्ट्रिम वर्कसप सम्पन्न भएको छ । माघ १६ गते देखि सुरु भएको स्ट्रिम वर्कसप सोमबार सम्पन्न भएको हो ।
माघ १६ गते उद्घाटन भएको स्ट्रिम वर्कसपमा विद्यार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परीक्षण गरिएको हो । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा भएको थियो ।
स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न १२ ओटा विद्यालयका विद्यार्थीहरु एक हप्तासम्म कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट विद्यार्थीहरुबाट प्लेन पनि उडाएका थिए । सहभागि भएका १२ ओटा विद्यालयका विद्यार्थीहरुलाई ओरिन्टेसन गरेको प्रमाण पत्र समेत पाठशालाले दिएको हो ।
यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहको थिए । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कारसँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेटरहेको थियो ।
पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले विद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता विद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने अरिन्टेटन ७ दिनको मात्र नभएर अव निरन्तर चलिरहने बताए ।
पाठशालाले भविश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्यले चैतन्य पाठशालामा चैतन्य स्ट्रिम वर्कसप आयोजना गरेको हो । विद्यार्थीको विकास गर्ने स्ट्रिम कार्यक्रम वाल्य अवस्थादेखि सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रमका प्रमुख अथिति पाठशालाका विश्वविद्यालय प्रमुख सल्लाकार डा. हेमराज पन्तले बताए । कार्यक्रममा पाठशालका प्राधानाध्यापक शिक्षक, अभिभावक, पत्रकार, विद्यार्थी वैज्ञानिक, लगायतको उपस्थित रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.