अछाम : अछाममा आगोमा परेर २ बालबालिकाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ३ ठाटि दार्बाको गैरामा दुई गाई गोठमा आगलागी हुदाँ २ बालबालिकाको मृत्यु भएको हो ।
बुधबार साँझ स्थानीय नन्द बुढा र जय बुढाको जोडिएको गोठमा (छाना) आगलागी हुदाँ नन्द बुढा की छोरी बर्ष ६ की निरुता बुढा र जगत बुढाका ३ बर्षका छोरा अंकित बुढाको आगोमा जलेर ज्यान गएको छ । छानोमा बालेको आगो केटाकेटीले खेलाउदा आगलागी भएको स्थानीयले जनाएका छन।