Agni Offset Press

भिजन सेक्युरिटिजको धनगढी शाखा उद्घाटन

Aarati simant

धनगढी : शेयर बजारका लगानीकर्ताहरूका लागि शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ । भिजन सेक्युरिटिज प्रालि, स्टक ब्रोकर नम्बर ३४ ले आयोजना गरेको कार्यक्रमको एक समारोहबीच प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले उद्घाटन गरे ।

कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिबृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रम उद्घाटनका अवसरमा मन्त्री शाहीले शेयर बजार जोखिमपूर्ण भएकाले लगानीकर्ताहरूले राम्ररी अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिए । उनले भिजन सेक्युरिटिजले धनगढी शाखामार्फत सेवा विस्तार गरेकोमा धन्यवाद व्यक्त गरे ।

सचेतना कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना तथा शेयर बजारविज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टराईले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचेतना कार्यक्रममा उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । भिजन सेक्युरिटिजले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । कम्पनीले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ ।

 

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.