अछाम जीप दुर्घटना अपडेट : एक नाबालकको मृत्यु, १४ जना घाइते (नामसहित)

अछाम : अछाममा जीप दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ ।​ तेजबहादुर गवलले चलाएको से.१.ज.४२९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खस्दा डोटीका पूर्वीचौकी गाउँपालिका ४ बस्ने गजेन्द्र खड्काको डेढ वर्षीय छोरा ईशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । उनका अनुसार गम्भीर घाइते बालकको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अछामको चौरपाटी गाउँपालिका ५ का ५ वर्षीय दीपेन्द्र रावल र सोही ठाउँकी ८ वर्षीय स्माइल रावलको पेट र टाउकोमा गम्भीर चोट छ । चालक गवललाई नियन्त्रणमा लिएर थप सोधपुछ भइरहेको प्रहरी निरीक्षक साउदले बताए । ​लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।​​

घाइतेको विवरण र अवस्था

१. जिल्ला डोटी पुर्वीचौकी गा.पा. ४ बस्ने वर्ष अं.२३ की अनिसा खड्का (टाउको र खुट्टामा चोट अवस्था गम्भीर रहेको)
२. जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने वर्ष अं. ५ को दीपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य )
३( ८ वर्षीय स्माइल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भीर)
४. ११ वर्षीय आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भीर)
५. ७३ वर्षीय दान बहादुर खड्का (टाउको, ढाड र हातको चोट अवस्था मध्यम)

६. ७२ वर्षीया गंगा खड्का (टाउको र छातीमा चोट अवस्था मध्यम)
७. ७५ वर्षीया गौरीदेवी खड्का (टाउको र अनुहारमा चोट अवस्था सामान्य)
८. ६ वर्षीय वसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम )
९. ७६ वर्षीय सिद्ध खड्का (टाउको र हातमा चोट अवस्था मध्यम )
१०. ६५ वर्षीया धनसुबा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य)

११. २ वर्षीय आज्ञान खड्का (मुख र कानमा चोट अवस्था सामान्य)
१२. ८ वर्षीय रमित मिजार (दाहिने खुट्टामा चोट अवस्था सामान्य)
१३. ८ वर्षीय प्रमिसा रावल (खुट्टामा चोट अवस्था सामान्य)
१४. ५१ वर्षीय चालक तेज बहादुर गवल (सामान्य घाइते)

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.