Agni Offset Press

भोकले भल्कामा दुई सय गाईगोरु मरे, वातावरण दुर्गन्धित

प्रमुख जिल्ला अधिकारी मिश्र द्वारा निरीक्षण, वडा अध्यक्षलाई गाई गोरु मरेको बारेमा थाह नै छैन्

Aarati simant

अत्तरिया, ९ फागुन : कैलालीको गोदावरी नगरपालिका–९ भल्कामा लक्ष्मी महिला सामुदायिक वनमा रहेको कान्जी हाउसमा राखिएका २ सय बढी गाई मरेका छन् । हिउँदेयामको चिसो तथा आहारा अभाव गाई गोरुहरु मरेका हुन् । गाई गोरुहरु कान्जीहाउस भित्र तथा वाहिर यत्रतत्र फालिएका छन् । मरेका गाईहरुको व्यवस्थापन समेत हुन सकेको छैन् । त्यसले गर्दा पुरै वातावरण नै दुर्गन्धित भएको छ ।
वडा नम्बर ९ को कार्यालय नजिकै रहेको कान्जी आउसमा गाई गोरुहरु मरेका हुन् । खुटिया दनी भन्दा पारी कान्जी हाउस रहेको छ भने वारी वडा कार्यालय रहेको छ । वडा कार्यलयसंगै पशु स्वास्थ्य कार्यालय पनि रहेको छ । जंगलको बीचमा रहेका कान्जी हाउसमा गाई गोरुलाई खानलाई केहि पनि आहाराको व्यवस्था गरिएको छैन् । दिउँसो नजिकैको चउरमा लिए पनि त्यो गाई गोरुलाई आहारा प्राप्त नभएको स्थानीयहरुको भनाई रहेको छ ।
बारम्वार गौ हत्या हँुदा पनि सरोकार वाला निकाय भने मुख दर्शक बनेको देखिन्छ । सोही क्षेत्रमा सरकारी निकाय तथा स्थानीयको सहयोगमा गौशाला पनि निमार्ण भएको थियो । तर, त्यो गौशालाका सबै समान चोरी भएका छन् । यस्तै यसै वर्षको साउनमा अविरल वर्षापछि आएको बाढीले त्यस क्षेत्रबाट कान्जी हाउसमा भित्र थुनेका ६० भन्दा बढी गाई बगाएको थियो । पटक–पटक गाईहरु मरिरहे पनि कुनै पनि निकायको ध्यान जान नसकेको स्थानीय डिल्लीसिंह खत्रीको गुनासो रहेको छ । यसरी बन्द घेरा भित्र गाईहरु मारिनु हत्या नै भएको उनको भनाई छ । उनले गौ हत्यामा संलग्न जोसुकैलाई पनि कारवाही गरिनुपर्ने बताए ।
सो क्षेत्रका स्थानीयले वालीको नोक्सानी घटाउन ६ जना हेराला राखेर गाईको संरक्षण गर्दै आएका थिए । हेरालाको संरक्षण गाउँबाटै रकम संकलन गरेर गर्ने गरेको स्थानीयको भनाई रहेको छ । हाल त्यहाँ ३ वटा हेराला मात्रै छन् । गाईहरु लाई खाना अभाव र फोका आउने र शरिर भरी फैलिने रोगले गाई मरेको हेरालु नरबहादुर बोहराको भनाई रहेको छ । पहिले ३ सय बढी गाई भएता पनि २ सय बढी गाई मरी सकेको उनको भनाई छ । खाद्यान्न बाली जोगाउन गाह्रो भएपछि स्थानीयहरुले एक घरबाट सय रुपैयाँ संकलन गरेर ३ जना हेरालुलाई मासिक १० हजार सेवा सुविधा दिएको उनको भनाई रहेको छ ।


सामुदायीक वनभित्र २÷३ कट्ठा जग्गामा तारबार हालिएको छ । त्यसभित्र ५ सय भन्दा बढी पशुचौपाया राखिएका थिए । जसमध्ये २ सय मरिसकेका छन । मरेका केही पशुचौपाया तारबार भन्दा बाहिर यत्रतत्र छरेर फालिएका छन भने आधा भन्दा बढी तारबारभीत्रै छन ।
तारबारभीत्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन । भदौबाट मर्न थालेका पशुचौपाया माघ सम्म लगातार मरेका हेरालुको भनाई छ ।


‘दानापानी भएन, चिसोमा ओत लाग्ने ठाउँ भएन । शरिरमा फोका फोका पनि आए । त्यसपछि चौयापा मर्न थाले’ हेरालु बोहराले भने । कार्तिक १५ गतेदेखि हेरालुको रुपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । ‘चिसो भयो, चरन क्षेत्र पनि सुख्खा बगर जस्तै छ, खानेकुरा भएन’ उनले भने । हिउँदको कठयाङ्ग्रीदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानका लागि एक सिन्का पनि पराल छैन ।


पशुचौपाया मरेको खबर आएपछि बुधबार कैलालीका प्रमुुख जिल्ला अधिकारी सहितका अधिकारीहरुले कान्जी हाउसको निरिक्षण गरेका छन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मीश्रले कान्जी हाउस सञ्चालनमा स्थानीय तहको चरम लापरवाही देखिएको र त्यसको छानविन हुने बताए । उनले त्यहा भएको घटनालाई छानविन गरि बचेको गाईको संरक्षणमा जोड दिनुका साथै मरेका गाईको विषयमा लापवाही भेटिए कारवाही गरिने जानकारी दिए ।
यस्तै गोदावरी नगरपालिका ९ का अध्यक्ष रामलाल रानाले यो विषयमा आफुलाई जानकारी नआएकाले बताए । उनले समयमा जानकारी आए केही गर्न सकिने बताउदै बचेका गाईको व्यवस्थापनमा लाग्ने बताए । यसरी चौपायप्रति गरिएको अन्नयायको उचित छानविन गरि कारवाही गरिनुपर्ने स्थानीयको माग रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.