हिमपातपछि बैतडीको खोड्पेको मनोरम दृश्य (फोटो फिचर)

बैतडी : बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीवार दिउँसोदेखि हिमपात भएको हो।


राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ। हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो। यसैबिच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्।


बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो। हिमपातपछि घामलागेपछि खोड्पे लगायतको दृश्य घमाइलो देखिएको छ ।

 

तस्बीर : अमर राज भट्टराई

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.