गौरीगंगाबाट वन मुद्धामा फरार रहेका एक जना पक्राउ

अत्तरिया : कैलालीबाट वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशी मंगलवार पक्राउ परेका हुन्।
उनलाई अदालतले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो। फरार रहेका जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.