काठमाडौँ : पछिल्लो समय अनेक विवादमा मुछिएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले बताए। ‘शर्मिला वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको छ। उनलाई काठमाडौं ल्याइँदै छ। हाल काभ्रै ल्याइपुर्याइएको छ।’ उनले भने।
उनीविरुद्ध म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएका थिए।