Agni Offset Press

बालिकामाथि ६० वषीय वृद्धबाट जबरजस्ती करणी

Aarati simant

अत्तरिया, १७ फागुन : कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको टीकापुरबाट बिहिवार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको छ । चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.