Agni Offset Press

बझाङको सेती नदीमा -याफ्टिङ

Aarati simant

बझाङ, १३ चैत : बझाङको पर्यटन प्रवद्र्धनका लागि सेती नदीमा -याफ्टिङ सुरू गरिएको छ । सेती नदीको मनमोहक दृश्यावलोकन गर्न र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म -याफ्टिङ गरिएको हो ।
चैत १२ गते बाट सुरू भएको -याफ्टिङ चैत २५ गतेसम्म गरिने -याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। सेती नदीमा सञ्चालन गरिएको -याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिएको र चैत १३ गते आज बाट -याफ्टिङलाई निरन्तरता दिने खड्काले बताए ।
-याफ्टिङ कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । मंगलबार -याफ्टिङको दोस्रो दिन नेपाल पत्रकार महासंघको टिमले -याफ्टिङ गरेको छ ।
यस्तै -याफ्टिङका क्रममा नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिब ललितबहादुर सिहले बझाङको पर्यटन प्रवद्र्धनका लागि सञ्चार जगतको अहम भूमिका रहेकाले सबै पत्रकार साथिहरु आ–आफ्नो ठाँउ बाट कलम चलाउन अनुरोध गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.