अत्तरियामा मानव बेचबिखन विरुद्धको अभियान सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा ज्योति सामुदायिक विकास सेवा नेपालको आयोजनामा मानव बेचबिखन विरुद्धको अभियान सुरु भएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरियाको बसपार्कमा सूचना तथा परामर्श केन्द्रको उद्घाटन गर्दे अभियान सुरु गरेका हुन । कार्यक्रममा नगर प्रमुख भट्टले यस क्षेत्रको प्रमुख नाका र केन्द्रको रुपमा रहेको अत्तरियाबाट नै मानव बेचबिखन हुन सक्ने भएकाले यस्ता गतिबिधिलाई रोक्नमा प्रहरी प्रशासन, स्थानीय जनता, संघ संस्थाबाट बेचिन पुग्ने मानवको उद्दारका लागि खट्न आवश्यक रहेको बताए ।

मानव बेचबिखन जघन्य अपराध हो । मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । अर्को अर्थमा कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्यलाई नै मानव बेचबिखन तथा ओसार पसार भनिन्छ ।
यस्ता अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक संघ संस्था, स्थानीय तह, सरकारको सहयोग आवश्यक पर्दछ । यस्ता समस्याबाट मुक्ति दिलाउने संघ संस्था, व्यक्ति आदिलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्दछ । मानव बेचविखन र ओसार पसार तस्कर गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार र कडा सजायको व्यवस्था गर्नुपर्छ ।

मानव बेचबिखन र ओसार पसार राम्रो काम दिने प्रलोभनमा पारेर, विदेश लैजाने भनि ढाटेर वा जीवनस्तरमा पनि परिवर्तन आँउछ । र सँधै गरिबीको भुमरीमा नपरी उज्यालो भविष्य बनाइ दिन्छौ भन्ने आदि योजना बनाएर वैदेशिक रोजगारका लागि वा ऊ भएको ठाँउदेखि टाढा लगेर उनीहरुलाई उहीँ बेच्ने काम अथवा उनीहरुको अस्मिता लुट्ने र उनीहरुको अङ्खहरु बेच्दिने आदि गरेको पाइन्छ ।

कार्यक्रमको सभापतिका रुपमा ज्योति सामुदायिक विकास सेवा नेपालका राजन महतराज रहेका थिए भने, बिशिष्ट अतिथिमा ईलाका मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएस्पी) गंगा बहादुर थापा लगायत समाजसेवी, स्थानीय जनताको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.