Agni Offset Press

ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाद्वारा उपचारका लागी रकम सहयोग

Aarati simant

अत्तरिया, २० चैत : सुदूरपश्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाले आर्थिक सहयोग गरेको छ । विगत १५ वर्ष देखि अत्तरियाको महेन्द्रनगर रोडमा नेहा ब्युटी पार्लर चलाउँदै आइरहेकी सञ्चालिका सुनन्दा पाण्डेका छोरा नेहल पाण्डेको उपचारका लागि आर्थिक समस्या भएको हुँदा सहयोग गरेको हो । मंगलबार सुदूरपश्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाले घरमै पुगी नगद सहित चेक हस्तान्तरण गरेको हो ।
सुदूरपश्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाकी अध्यक्ष एबं अत्तरियाको न्यू लुक्स ब्युटी सलुनकी सञ्चालिका दीपिका कुँवरले ३ वर्ष देखि उपचारत रहेको हाल उपचारको आर्थिक अभाव भएको हुँदा उनले ४ हजार १ सय ५ रुपैयाँ नगद संकलन गरेको र एशोसिएसन तर्फबाट २० हजार १ सय ५५ रुपैयाँ चेक हस्तान्तरण गरेको बताईन् ।
छोराको उपचार गर्दै आइरहेकी नेहा ब्युटी पार्लरकी सञ्चालिका सुनन्दा पाण्डेले ब्युटी पार्लर एशोसिएसन अत्तरियालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन । आफ्नो छोराको करिब ३ वर्ष अघि दुर्घटना भएको उनले बताइन् । उनले छोराको ३ वर्ष देखि अहिले सम्म पनि निरन्तर उपचार गर्दै आइरहेको र हाल उपचारको लागी आर्थिकको अभाव भएको हुँदा अत्तरिया ब्युटी पार्लर एशोसिएसनलाई सहयोगको अपील गरेको बताईन् ।
अहिले सम्म छोराको उपचारमा २५ देखि ३० लाख सम्म खर्च भइसकेको र हाल आर्थिक अवस्था कमजोर हुँदै गएको उनले बताईन् । साथै उनले उपचारमा सहयोग गर्न सहयोगीका लागी ९८६६०५२७८ मोबाइल नं मा सहयोग गरिदिनुहुन अपिल समेत गरेकी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.