Agni Offset Press

कुमारी बैंक आइबिआरडी शाखाद्वारा आश्रित परिवारलाई एक लाख सहयोग

Aarati simant

अत्तरिया, २० चैत :  कुमारी बैक लिमिटेड कञ्चनपुर आइबिआरडी शाखाले आश्रित परिवारलाई सहयोग गरेको छ । कुमारी परिवार सुरक्षा खाता योजना अन्तर्गत प्राण घातक रोगका करण मृत्यु भएका बिष्णुदत्त पौडेलका आश्रित परिवार लाइ एक लाख रुपैयाँ सहयोग गरेको हो ।
कुमारी बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संगिता शर्मा चटौतले पौडेलको घर पुनर्वास नगरपालिका वडा नं. ४ आइबिआरडी पुगेर एक लाखको चेक हस्तन्त्रण गरेकी हुन । स्वर्गिय पौडेलकी धर्म पत्नी कुमारीदेबी पौडेलले २०७९ साल कार्तिक ५ गते कुमारी परिवार सुरक्षा बचत खाता खोलेकी थिईन । थिईन ।
कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला र उनको पति वा पत्नी को प्रतिव्यत्ति १०\१० र १८ बर्ष मुनिका २ जना छोरा\छोरी को २\२ लाख बराबरकोे दुर्घटना बिमा सुबिधा, खातावाला र उनका पति वा पत्नी को १ लाख रुपैयाँ बराबरको प्राण घातक रोग बिमा सुबिधा, खातावाला र उनको पति, पत्नी तथा १८ बर्ष मुनिका २ जना छोरा\छोरी गरि जम्मा ४ जनाको १ लाख रुपैयाँ बराबरको वार्षिक रुपमा औषधी उपचार बिमा सुबिधा सहित एउटै बचत खाता वाट परिवारका कुल चार जना सदस्यले २६ लाख रुपैया सम्मको बिमा सुबिधा प्राप्त गर्ने सकिने कुरा कुमारी बैंक लिमिटेड आइबिआरडी शाखाका शाखा प्रबन्धक कृष्णराज जोशीले जानकारी दिए ।

कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.