Agni Offset Press

अत्तरियामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

Aarati simant

अत्तरिया, २० चैत : देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा मंगलबार सहकारी दिवस मनाएको हो ।
दिवसको अवसरमा कैलालीको अत्तरियामा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मूल नारा सहित ६७ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सीएमसि गोदावरीको आयोजना तथा गोदावरी नगरपालिकाको समन्वयमा मंगलबार बिहान बाजागाजा र झाँकी सहित प्रभात फेरी गरेर बजार परिक्रमा गरिएको हो ।
‘सहकारी को सेवा सदस्य लाइ टेवा’, ’६९ औ सहकारी दिवस सफल पारौँ’, ’जात धर्म आफ्नै छ ठाउँ मा हामी जुटौँ सहकारी को नाउमा’, ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका प्ले कार्डहरू बोकेर सहकारी आबद्द ब्यक्तीहरु र्यालीमा सहभागी थिए । कार्यक्रममा सहकारीको अगुवाई गरिरहेका ब्यक्तीदेखि कर्मचारी सम्मको उपस्थिति रहेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.