अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती (ईप्रका) का नवनियुक्त डिएसपी गंगाबहादुर थापाले अत्तरिया क्षेत्रमा लागूऔषध मुद्धामा प्रहरी सक्रिय भएर लाग्ने बताएका छन् । बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधिहरू सँग आयोजना गरिएको छलफल तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले लागूऔषध, वेश्यावृत्ति, जुवा तास नियन्त्रणमा प्रहरी सुक्ष्म ढंगले लाग्ने भएकाले यसका लागि जनताको साथ सहयोग आवश्यक हुने बताए ।
उनले अपराध नियन्त्रणमा प्रहरी समाजका नागरिक सँगै मिलेर अगाडि बढ्ने बताए । लागूऔषधका कारोबारी, प्रयोगकर्ताहरूका बारेमा सूचना दिन आग्रह गर्दै उनले सूचना दिनेको परिचय गोप्य राखिने बताए ।
उनले जुवा तास खेलाउने, खेल्नेलाई कानुनी दायरामा ल्याइने बताए । उनले अपराध नियन्त्रणमा प्रहरी कसैको दबाब, प्रभावमा नपर्ने दावी गरेका छन् ।।
सम्बन्धित पाेस्टहरु