बाजुरा : भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका –५ रिठ्ठाकी आपसरी बुढथापा हुन ।
बुधबार बिहान घरबाट घाँस काट्न गएकी ४१ वर्षीया बुढथापा बिहान करिब १० बजे स्थानीय बालभिटा भिरबाट करिब २ सय मिटर तल खसेको उनका आफन्त लंक कार्कीले बताए ।
उनका श्रीमान, तीन छोराछोरीसहित ४ जना परिवार रहेकोे कार्कीले बताए । मृतकको शव हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमका लागि पठाइएको गाउँपालिकाका प्रतिनिधिले जनाएका छन् ।