नागरिक उन्मुक्तिभित्र शक्ति संघर्ष, विश्वासको मतका लागि दुईथरी ह्विप

अत्तरिया : सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे नागरिक उन्मुक्ति पार्टीमा दुईथरी ह्विप जारी भएका छन्। अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका कमल बहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएकी छन् भने सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।
यसअघि आज नै अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद एवं प्रदेश सरकारकी कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरी प्रदेश सभा सचिवालयमा पत्र पठाएकी छन्। गिरी रेशम चौधरी पक्षकी हुन्। यस बिषयमा नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्षलाई कार्वाही गर्ने अधिकार नभएको बताइरहेका छन्। उनले आफू दलको नेता भएकाले आफुलाई जानकारी विना कार्वाही गर्ने अधिकार अधयक्षलाई नभएको उनले बताए ।

 सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले कार्वाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा पुगेको बताउँदै अध्ययनपछि मात्र निर्णय हुने बताए । उनले भने( पत्र आएको छ, यससम्बन्धी अध्ययन गर्न १५ दिन सम्मको समय हुन्छ, हेरौँ के हुन्छ, अहिले हतार छैन ।’ मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदै छन् यसका लागि उनी अन्तिम तयारीमा जुटेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.