अत्तरियाको नक्कली ठेली प्रकरणमा ५० हजार धरौटीमा छुटे छ जना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा गएको पुष–माघ महिनामा संचालित प्रादेशिक महोत्सवमा प्रयोग भएका नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका ६ जना नै धरौटीमा छुटेका छन । उनीहरुलाई जनही ५० हजार धरौटीमा छुटेका हुन ।
उनीहरुलाई हिरासत भित्र र बाहिर राखेर प्रहरीले पटक–पटक वयान लिएको थियो । बुधबार भएको थुनचेक बहसपछि उनीहरुलाई सरकारी वकिलको कार्यालयले छुटाउन आदेश दिएको हो ।
यद्यपी मुद्दा लडने बाटो भने खुल्ला नै रहने छ । प्रहरी हिरासतमा महोत्सब आयोजक संस्था अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याणसिँह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देबकोटा, संघका महासचिव शंकर खड्का , सचिव दिलिपकुमार साउँद, टिकट छपाईको जिम्मा लिएका कार्य समिति सदस्य बमबहादुर बोगटी र टिकट काटने जिम्मा लिएका भुबन महरालाई लिएको थियो । महोत्सव चलिरहेको बेला २८ बढी नक्कली ठेली संघ कै पदाधिकारी ले बरामद गरेर प्रहरीलाई बुझाएको थियो ।
संघका अध्यक्षले नै निष्पक्ष छानबिनको माग गर्दै प्रशासनमा निबेदन र पछि किटानी दिएका थिए । केन्द्रिय प्रयोगशालाले टिकट नक्कली नै भएको ल्याब रिपोर्ट समेत प्रहरीलाई पठाएको थियो । नक्कली ठेली प्रकरण पछि अत्तरियाका ब्यवसायीहरु आन्दोलित समेत भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.