कैलारीमा उखु बोकेको ट्रकमा आगलागी

अत्तरिया : कैलालीमा उखु बोकेको ट्रकमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा उखु बोकेको ट्रकमा बुधवार आगो लागेको हो।

कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको प्रहरीले जनाएको छ। विद्युतको तारमा ट्रकले छोएकाले आगो लागेको हो।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। ट्रकमा रहेको उखुमा क्षति भएको छ। ट्रकमा क्षति नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.