बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत फेला

अत्तरिया : कैलालीको धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुधवार साँझ प्रहरी जवान सुरज बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बिक धनगढी उपमहानगरपालिका–७ को जङ्गलमा मृत अवस्थामा भेटिएका हुन्। उनी बझाङमा कार्यरत थिए। बिक घरायसी कामको लागि बिदामा धनगढी आएको जनाएका छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.