दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

दार्चुला : दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका-३ गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार महाकाली नगरपालिका-३ को मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगालको ट्याक्टरबाट खसेर बुधवार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई ट्याक्टर चालक महाकाली नगरपालिका-३ बाँजघाट बस्ने २५ वर्षीय भुवनसिंह महरालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.