गायक राजेशपायल सहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं : गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।

होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.