धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

अत्तरिया : कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीवार धनगढी १२ जुगेडा बी गाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.