अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुर गाउँका बासिन्दालाई वर्षातका बेला बालबालिकालाई विद्यालय पु¥याउने झन्झटबाट टाढा पार्न खोलामा कल्भर्ट निर्माण थालिएको छ । कल्भर्ट निर्माण सुरु भएसंगै स्थानीय हर्षित भएका छन । शुक्रबार नगरप्रमुख बिरेन्द्र भट्टसँगै नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष र उपभोक्ता समिति प्रतिनिधि सहितको उपस्थितिमा अनुगमन गरिएको हो ।
खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दाले वर्षातका बेला निकै सास्ती खेप्दै आएका थिए । ‘चैतन्यपुर र बिजौराको गाउँमा बसोबास गर्ने सयौं परिवारलाई खोला तर्नकै लागि निकै सास्ती थियो, स्थानीय मानबहादुर बलायरले भने, यस क्षेत्रकै पुरानो बस्ती र पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै एक किलोमिटरको दूरीमा रहेको भए पनि दुर्गमजस्तै थियो, कल्भर्ट निर्माणले जीवनयापन सहज हुनेमा आसावादी भएका छौँ ।’
कल्भर्ट निर्माण सँगै बालबालिकालाई विद्यालय पु¥याउन खोला तर्नका लागि अभिभावक सँगै जानुपर्ने विगतको बाध्यता हटेर जाने स्थानीयले बताए । ‘गाउँमा कोही आकस्मिकरूपमा बिरामी भए, सुत्केरी हुने महिलालाई अस्पताल पु¥याउनुपरे निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो, स्थानीय अमर धोज महराले भने, खोलाको बाढीको पानी कम भएपछि खोला तरेर अस्पतालसम्म पु¥याउँथ्यौ, तुरुन्तै लैजानुपर्ने भए जोखिम मोलेर बाढी आएकै खोला तरेर अस्पताल पुग्नुपर्ने हुन्थ्यो ।’ यस क्षेत्रमा निर्माण हुँदै गरेको कल्भर्ट आवागमनलाई मात्रै सहज बनाएको नभएर गाउँलाई नै सुरक्षित गरेको उनले बताए । वडाध्यक्ष तथा नगर प्रबक्ता गोपालदत्त भट्टले चैतन्यपुरलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको बताए । प्रत्येक चुनावका बेला खोलामा कल्भर्ट निर्माणका लागि माटो परीक्षण गर्ने, डिपिआर बनेको घोषणा हुन्थ्यो, काम हुँदैनथ्यो, खोलामा कल्भर्ट निर्माणका लागि बजेट पनि राखिन्थ्यो तर कार्य नभएर फिर्ता (फ्रिज) जाने गरेको थियो, पहिले देखि जनताको मागलाई ओझेलमा पार्दै जाने गरेको र यस क्षेत्रमा आवश्यकता रहेको जनगुनासो पश्चात यस क्षेत्रमा योजना हाल्न सफल भएको वडा अध्यक्ष भट्टले बताए ।
‘विगतका जनप्रतिनिधिले गरेका नियति नदोहो¥याउने प्रतिबद्धता पूरै नगरपालिकाको कार्यपालिकाले ग¥यौ, जे भनेका छौँ, त्यो गरेरै छाड्ने प्रणअनुसार खोलामा कल्भर्ट बनाएरै छाड्यौँ, उनले भने, विगतको जस्तो वर्षातका बेला खोला तर्न नसकेर सुत्केरी आमा र गम्भीर बिरामीले ज्यान गुमाउनुपर्दैन, अभिभावकले विद्यालय गएका बालबालिकालाई खोला तार्नका लागि डिलमा बस्नुपर्ने अवस्था अब हुने छैन ।’
गाउँमा ६ मिटर लामो स्याब कल्भर्ट निर्माणका लागि नगरपालिकाले १५ लाख र १० प्रतिशत स्थानीय जनताको श्रमदान रहेको वडा न. १ मा कार्यरत सव–ईन्जिनियर अनिता धामीले बताईन ।
सम्बन्धित पाेस्टहरु