अन्तरप्रदेशीय प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाई

अत्तरिया : बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ ।
शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद परिसद सदस्य सचिव दिपक बहादुर सिंहले खेलाडीहरुलाई बिदाई गरेका हुन । धनगढीको कवर्डहलमा आयोजित औपचारिक कार्यक्रममा सदस्य सचिव सिंहले विभिन्न नौ वटा खेलमा सहभागी हुने २ सय ३३ जना खेलाडीलाई अबिर सहित खादा लगाएर बिदाई गरे । उनले खेलमा अनुशाशीत भई सुदूरपश्चिमको गरिमा कायम गर्न पनि खेलाडीलाई निर्देशन दिए । प्रतियोगिताको चितवनमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.