अत्तरिया, २४ चैत : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीले ग्रेजुएशन सेरेमनी गरेको छ । सत्यवतीले अत्तरियामै पहिलोपटक ग्रेजुएशन सेरेमनीको सुरुवात गरेको हो ।
ग्रेजुएशन सेरेमनीको अवसरमा शनिबार कक्षा नर्सरी देखि ३ सम्मका विद्यार्थीलाई वार्षिक नतिजा प्रदान गरिएको छ । अभिभावकको उपस्थितिमा गरिएको उत्त कार्यक्रममा विद्यालयका सँस्थापक विरबहादुर कडायतले हरेक डिग्री महत्वपुर्ण हुन्छ भन्ने उदेश्यले हरेक कक्षाका बालबालिकालाई ग्रेजुएशन सेरेमनीमा सरिक गराईएको बताए ।
उनले विद्यार्थीको भविष्य निर्माणका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै सो अभियानमा साथ दिन अभिभावकलाई पनि आग्रह गरे । यो वर्षदेखी कक्षा ३ सम्मका विद्यार्थीको कक्षामा एसीको व्यवस्था गरिने उनले बताए । १ कक्षासम्म स्मार्ट टिभीको व्यवस्था रहेको भएपनि अब ३ कक्षासम्म स्मार्ट टिभीको व्यवस्था गरिने उनले बताए । त्यस्तै प्रशासनिक भवनको व्यवस्था गेट बाहिरै गर्ने र विशेष कार्यक्रमहरु बाहेकको समयमा अभिभावकहरुलाई एकेडेमीक ब्लगमा प्रवेश गर्न नदिईने जनाएको छ । निजी क्षेत्रका विद्यालयमा उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउँदै आएको सत्यवती एकेडेमीमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित पाेस्टहरु