टीकापुरको विकास लगायतका बुँदा समेट्दै प्रधानमन्त्रीलाई ज्ञापन

अत्तरिया : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापन पत्र बुझाइएको छ । नाउपा अध्यक्ष,प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री रन्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरा लगायतले प्रधानमन्त्रीलाई टिकापुरको विकासका लागि आवश्यक संरचनाहरू तयार गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरु आयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्ने लगायतका मुद्धाहरु लिएर ज्ञापन पत्र बुझाइएको हो । टिकापुर ५ दौलतपुरस्थित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदिमा पक्की पुल निर्माणको लागि पहल गर्न, टिकापुरमा विगत लामो समय देखी सञ्चालनमा नरहेको विमानस्थल सञ्चालन गर्न पहल गर्न, टिकापुर ७ बेलुवाबाट भजनी नगरपालिका जोड्ने बाटोमा पर्ने पथरैया पक्की पुल निर्माण गर्न उनीहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

टिकापुर बसपार्क देखी पार्क जाने बाटो ढल निकास सहित कालोपत्रे निर्माणका लागि पहल गर्ने, टिकापुर नगरपालिकाको बाहिरी चक्रपथ निर्माणको पहल गर्न, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुनर्स्थापना गर्न र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहल गर्ने प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा आग्रह गरिएको छ ।

टीकापुर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठले टीकापुरको विकासको लागि ज्ञापन पत्र बुझाइएको बताइन् । ‘टीकापुरमा समृद्धिका धेरै सम्भावना छन्’ उनले भनिन्, ‘हामीले ती सम्भावनाहरूलाई टेकेर टिकापुरको विकास गर्न चाहन्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापन पत्र अनुसार काम अगाडी बढाउन निर्देशन दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.