एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यमा भट्ट मनोनित

अत्तरिया : नेकपा एमालेका नेता गोकर्ण भट्ट एमालेकै सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्यमा मनोनित भएका छन । भट्ट यसअघि एमालेकै गोदावरी नगरकमिटिका अध्यक्ष समेत रहिसकेका छन ।
सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य समेत रहेका उनलाई शनिबार सचिवालय सदस्यमा मनोनित गरिएको हो । त्यसबाहेक शनिबार बसेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले उनलाई वन तथा वातावरण विभागको प्रमुखमा समेत मनोनित गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.