दुबै मृगौला फेल भएर बैतडीका एक किशोरको निधन

बैतडी : दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका बैतडीका एक किशोरको निधन भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो ।

मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको हो । दुबै मृगौला फेल भएर उपचार गराइरहेका नाथको निधन भएको परिवारका सदस्यले बताएका छन् । उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो। केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.