धनगढीमा १० जना जुवाडे समातिए

अत्तरिया : धनगढीमा १० जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–११ को घोडसुवामा रामशरण रानाले संचालन गरेको ग्रिनपिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १० जनालाई सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले समातेको हो । उनीहरुको साथबाट नगद ५८ हजार १९० र ३ गड्डी तास बरामद गरिएको छ । सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.