धनगढीमा मानव अधिकार अनुगमन, तथ्य संकलन एवं प्रतिवेदन सम्बन्धी छलफल

धनगढी, २९ चैत : धनगढीमा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बिहीबार इन्सेक सुदूरपश्चिमको आयोजनामा मानव अधिकार अनुगमन, तथ्य संकलन एवं प्रतिवेदन सम्बन्धी छलफल गरिएको हो ।
छलफलमा सहभागी मानव अधिकारकर्मी, समाजसेवी, पत्रकार लगायत सेरोकारबाला व्यक्तिहरुले मानव अधिकार सुनिश्चित हुन नसेकेको धारणा राखेका थिए । विभिन्न सघंसस्था वा बिभिन्न निकायमा आवद्ध रहेर सम्बन्धी क्षेत्रमा काम गरिरहदा मानव अधिकारको पूर्णप्रत्याभुति हुन नसकेको हुँदा विभिन्न बिभेद् भैरहेको सहभागिले जोड दिए । इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारभित्र रहेर अधिकाँस निकायले काम नगर्दा अझै जनतामा विश्वस्त हुन नसेकेको बताए । उनले अहिलेको समयमा समाज भएको मानव अधिकारबादी, राजनीतिक, पत्रकार लगायतका व्यक्तिहरुले काम गर्न नसकेको भन्दै जनता विश्वस्त नभएको भन्दै हामीले सबैले सच्चिनुपर्ने औल्याए । त्यस्तै सहभागीहरुले पनि विभिन्न विभेद बिरुद्ध आवाज उठाउँन खोज्दा पनि काम गर्ने निकै उप्ठेरो परेको बताएका थिए । जनताको सवाल होस् या कुनै पनि बिषयमा समाजसेवी, दलित अधिकारकर्मी तथा पत्रकारले कुनै पनि ब्यक्तिको दवाब खेप्नुपरेको गुनासो सुनाएका थिए ।
समाचार ल्याउदा कुनै न कुनै राजनीतिक दवाबमा हटाउनुपर्ने, मुद्दा खेप्नुपर्ने, ज्यान मार्ने धम्की समेत आउने गरेको बताएका थिए । हरेक सवालमा पत्रकारको पूर्णसुरक्षा एक जुट भएर हरेक मानव अधिकार बादिले, राजनीतिक, समाज, लागेको भए पीडीतका लुकेका आवाज बुलन्द गर्न सजिलो हुने पत्रकारको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका कार्यालय प्रमुख हरि ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यालय प्रमुख हरि ज्ञवालीले आफ्ना बिचार, धारणा प्रष्ट संग राख्न लागि लामो समय देखि काम गर्नेको लागि विभिन्न संघ संस्थाको स्थापना भएको, हामीले मानव अधिकार मुलत अधिकार लाई जुन शिक्षा, स्वास्थय, रोजगार, लगायतका कामहरु उपल्बध गर्ने काम इन्सेक नेपालको स्थापना गरिएको बताए । ति समस्या समाधानका लागी इन्सेक लागीरहेको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.