बाजुरा खप्तड छेडेदहमा जिप दुर्घटना

अत्तरिया : बाजुरामा जिप दुर्घटना भएको छ । आज (शनिबार) दिउँसो खप्तड छेडेदह गाउँपालिका–१ काँडामा जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साँफेबगरबाट काँडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिप सडकबाट अनियन्त्रीत भएर १० मिटर तल खसेको जनाएको छ । जिपमा ३ जना सवार थिए । उनीहरूमध्ये एक जना सामान्य घाइते भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.