Agni Offset Press

डिजेल, पेट्रोलको मूल्य बढ्यो

Aarati simant

अत्तरिया : नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल समान एक सय ५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ७७ र डिजेल तथा मट्टीतेल समान एक सय ६० रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.