टीकापुरमा एमालेका नेतासहित १४ जुवाडे पक्राउ

अत्तरिया : कैलालीको टीकापुरमा नेकपा एमालेका एक नेतासहित १४ जना जुवाडे पक्राउ परेका छन्। जुवाखालबाट एमालेका जिल्ला नेता प्रकाश खड्कासहित १४ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका सुदूरपश्चिम सचिव समेत रहेका खड्का, टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर विष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ जना पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जुवा खालबाट ताससहित २५ हजार रुपैयाँ बरामद गरिएको बताए। जुवा ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.