कैलाली क्षेत्र न. ४ मा कांग्रेस जनप्रतिनिधि र पार्टीका प्रतिनिधि बीच छलफल

अत्तरिया : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्वमन्त्री प्रतिनिधि सभा सदस्य साँसद बीरबहादुर बलायरसंग नेपाली काँग्रेस क्षेत्र न.४ कैलालीको क्षेत्रीय कार्यसमितिले स्थानीय जनप्रतिनिधि र पार्टीका प्रतिनिधि बिच छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकायाको सभापतित्वमा संचालित कार्यक्रममा पार्टीका क्षेत्रिय प्रतिनिधि, नगर प्रतिनिधी, वडा प्रतिनिधि सहित कांग्रेस सुवेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
काँग्रेस कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया (ललित) का अनुसार यहि बैशाख १० गते सोमबारका दिन पार्टीको क्षेत्रीय कार्यालय रहेको अत्तरियामा बिहान कार्यक्रम सम्पन्न भएको हो । पार्टीका सबै तहका पदाधिकारी र सबै तहका जनप्रतिनिधिलाई एउटै ठाउँमा राखेर अन्तरक्रिया छलफल गर्ने कार्यक्रम गर्दा पार्टी भित्र गुठ, उप गुठ नहुने गरी एकै बाटोमा राख्नका लागि कार्यक्रमको आयोजना गरेको जानकारी रोकायाले बताए ।
कैलाली क्षेत्र न.४ बाट प्रतिनिधि सभा सदस्य बनेका प्रदेश सभापति बलायरको कार्यव्यस्तताका कारण कैलाली क्षेत्र न.४ का सबै जनप्रतिनिधि र क्षेत्रीय कार्यसमिति, क्षेत्र प्रदेश सभा कार्यसमिति, नगरपालिका र वडा कार्यसमितिका सबैलाई एउटै ठाउँमा कार्यक्रम गरी आ– आफ्ना समस्या र कसरी पार्टीलाई एक ठिक्का भएर लैजान सकिन्छ लगायत विविध बिषयमा छलफल भएको छ ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भने, कांग्रेसको खोल ओढेर कांग्रेसलाई नै सिद्धाउन खोज्नु ठिक भएन, पालिका भित्र विकास निर्माणमा भएको उपलब्धीलाई पनि सामाजिक संन्जालमा हाल्ने हिम्मत राख्नुहोस, हाम्रो पालिकामा गाउँ बस्तीमा बत्ती छैन तेता प्राथमिकता राखेर काम गरेकोले अत्तरिया धनगढी सडक खण्डमा बत्ती बाल्नमा ढिलाई भएको हो, क्रमिक रुपमा काम सम्पन्न हुनेमा सबैलाई धेर्य गर्न आग्रह गरेका छन ।
सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र न. ४ को साझा विकासका लागि आफू निरन्तर लागी परेको बताए । पूर्वमन्त्री समेत रहेका बलायरले सुदूरपश्चिमेली जनताको हरेक दुःखद सुखमा साथ सहयोग रहने बताए । जनप्रतिनिधिले जनतासँग जोडिएको काम र महिला र दलितलाई लक्षित गरेको योजना तर्जुमा गरी काम अगाडि बढाउन स्थानीय तहका जनप्रतिनिधिलाई उनले निर्देशन गरे ।
यहि बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा बझाङ क्षेत्र न.१ ( १) मा नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई जिताऔं अभियानका लागि बझाङ पुगेका बलायर बझाङ हुँदै डडेल्धुरा र डोटीका कार्यक्रम सकेर आईतवार कैलाली पुग्ने कार्यक्रमलाई सम्बोधन गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.