धनगढी काठमाण्डौ ‘त्रिबेणी भिआईपी सोफा एर बस’ सुरु

अत्तरिया : खप्तड यातायात प्रालिले धनगढी काठमाण्डौमा थप सेवा सुविधा सहित ‘त्रिबेणी भिआईपी सोफा एर बस’को सेवा सुरु गरेको छ । बैशाख ७ गते देखि दैनिक धनगढी देखी काठमाण्डौ र काठमाण्डौ देखी धनगढी एक सेवाबाट सेवा सुरु गरेको हो ।

खप्तड यातायातले धनगढीबाट दैनिक विभिन्न सेवाका बस काठमाण्डौ दुई वटा सेवा दिईरहेका छ । २ बजे त्रिबेणी भिआईपी सोफा एर बस र ४ बजे एसी डिलक्स सेवा दिईरहेको प्रालिका अध्यक्ष अनन्तराज जोशीले जानकारी दिए । अहिले यात्रुहरुको मागलाई मध्यनजर गर्दै खप्तड यातायातल ‘त्रिबेणी भिआईपी सोफा एर बस’ सेवा सुरु गरेको जनाएको छ । उक्त बस सेवामा यात्रुका लागि आरामदायी सोफा सिट, उच्च स्तरिय ४२ ईन्चको एलइडी टिभी, प्रत्यक सिटमा चार्जिङ्ग स्टम र स्लिपर सिटको पनि व्यबस्था गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

यात्रुहरुका लागि खाना र नास्ताको लागि पनि स्वच्छ र सफा वातावरणको होटलमा गाडी रोक्ने नियम बनाएको खप्तड यातायात प्रालिका धनगढी काउन्टर ईन्चार्ज गोकुल शाहीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.