उप-निर्वाचन : प्रचार गर्ने आज अन्तिम दिन

काठमाडौं : बझाङ-१ (१) र इलाम-२ मा हुने उप-निर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि उम्मेदवारले प्रचार गर्ने आज अन्तिम दिन हो। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न नपाइने कानूनी प्रावधान छ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १९१० मा ११ उमेदवार प्रतिस्पर्धामा छन्।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ-१९१० मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि यहाँ उप-निर्वाचन हुन लागेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.