दुई थान ट्याक्टरहित १६ लाखको अबैध सामान प्रहरीको नियन्त्रणमा

अत्तरिया : कञ्चनपुर प्रहरीले दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ। हिजो र आज गरेर १५ लाख ९७ हजार ९३० मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अबैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट ७१ हजार दुई सय मुल्यको अबैध सामान बरामद गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.